कञ्चनपुरमा चुनावको तयारी तीव्र, निर्वाचन सामग्री पुगे

  • कार्तिक २८, २०७९
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुरमा आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि तयारी तीव्र पारिएको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले जानकारी दिए।

“जिल्ला निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन सामग्री व्यवस्थापनमा व्यस्त छन्। मतपत्र र अन्य निर्वाचन सामग्री पुगिसकेका छन्, प्रत्येक निर्वाचन क्षेत्रमा मतदाताभन्दा बढी मतपत्र आएका छन्,” उनले भने। प्रतिनिधिसभाका लागि तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा ९१ हजार एक सय १०, २ मा एक लाख पाँच हजार पाँच सय ७७ र ३ मा ९७ हजार आठ सय २२ मतदाता छन्।

मतपत्र व्यवस्थापनसँगै कर्मचारी खटाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृत शाहले बताए। कञ्चनपुरमा एक सय ३२ मतदानस्थल र तीन सय ४६ मतदान केन्द्र रहेका छन्। एक मतदान केन्द्रमा आठ जनाका दरले दुई हजार सात सय ६८ कर्मचारी छनोट भइसकेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए।

“कर्मचारीलाई तालिम दिइरहेका छौँ, तालिमपश्चात् निर्वाचन सामग्री र मतपत्र दिएर उनीहरुलाई मतदानस्थल पठाइनेछ”, उनले भने। कारागारका कैदीबन्दी र कर्मचारीका लागि जिल्ला कारागार र भीमदत्त नगरपालिकामा दुई वटा अस्थायी मतदान केन्द्र राखिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved