निर्वाचनका लागि काठमाडौंबाट बाहिरिनेको सङ्ख्या ५५ हजार नाघ्यो, ५ लाख बाहिरिने अनुमान

  • मंसिर १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आउँदो आइतवार हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौंबाट बाहिरिनेको सङ्ख्या बढ्न थालेको छ । कतिपय, बस रिजर्भमा लिएर काठमाडौंबाट आफ्नो गाउँ घर जाँदै छन् । पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट बस रिजर्भ भएका हुन्। आफैँ टिकट काटेर जानेको सङ्ख्या पनि बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो सार्वजनिक गाडीमार्फत् नै विभिन्न नाका भएर ५५ हजारभन्दा धेरै यात्रु काठमाडौंबाट बाहिरिएका छन् ।

यो समयमा साढे ४१ हजार यात्रु काठमाडौं भित्रिएका छन् । काठमाडौं छाड्नेको सङ्ख्या भोलिदेखि अझ बढ्ने अनुमान गरिएको छ । भोलिदेखि ५ गतेसम्म मतदानस्थल रहेका शिक्षण संस्थाहरू बन्द हुनेछन् । यस्तै, सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने छन् ।

बिदासँगै भोलि शुक्रवार पनि परेकाले धेरैजसो भोलि र पर्सि गाउँ घर जानेछन् । निर्वाचनका लागि झण्डै पाँच लाख यात्रु काठमाडौंबाट बाहिरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अनुमान छ । निर्वाचन आयोगले भोट हाल्ने दिन मङ्सिर ४ गते अत्यावश्यकबाहेकका सार्वजनिक गाडी चलाउन नपाइने जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved