ऋषि धमलाको टेलिभिजन कार्यक्रममा डडेल्धुराका युवाबीच कुटाकुट

  • मंसिर १, २०७९
  • कालापानी मिडिया
alt

डेल्धुरा । आसन्न निर्वाचन लक्षित गरेर ऋषि धमलाले चलाउँदै आएको चुनावी टेलिभिजन कार्यक्रममा सहभागी युवाबीच हात हालाहाल भएको छ।

डडेल्धुरा सदरमुकामकमे बसपार्कमा बिहीबार भएको चुनावी टेलिभिजन कार्यक्रम खिच्ने क्रममा युवाहरुबीच माइक खोसाखोस र हात हालाहाल भएको हो।
ऋषिको उक्त कार्यक्रममा स्वतन्त्र उम्मेदवार सागर ढकालसहित दलका ठूला उम्मेदवार पनि सहभागी भएका थिए। त्यसक्रममा उम्मेदवारलाई प्रश्न सोधिरहँदा सबैको पालो नआएको भन्दै युवाहरुले होहल्ला गरेका थिए। होहल्ला बढ्दै गएपछि केही युवाले माइक फालिदिए।

माइक फालिएपछि विवाद बढ्दै जाँदा धकेलाधकेलको अवस्था हात हालाहालसम्म पुगेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो। एक युवकले सागर ढकाललाई प्रश्न गर्ने क्रममा अर्का युवकले धकेलिदिएपछि कुटाकुटको अवस्था आएको हो।
उक्त तनावपूर्ण अवस्थालाई रोक्न ऋषि धमलाले पटक पटक आग्रह गरेका थिए। उम्मेदवारहरुले पनि शान्त भएर प्रश्न गर्न आग्रह गरेका थिए। तर युवाहरु एक आपसमा भिडिरहे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved