देशभरको सुरक्षा व्यवस्था बिहानैदेखि कडा, उच्च संवेदनशील क्षेत्रमा विशेष टोली खटियो

  • मंसिर ४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आज मङ्सिर ४ गते अर्थात् आम चुनाव । सुरक्षित र शान्तिपूर्ण रूपमा मतदान गराउन बिहानैदेखि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
देशका धेरै ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । चोक चोकमा खटिएका प्रहरीले सुरक्षा जाँचमा कडाइ गरिरहेका छन् । सुरक्षा व्यवस्थापन गरेकाले ढुक्क भएर मतदान केन्द्रसम्म पुग्न र कसैको दबाबमा नपरी भोट हाल्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुरक्षाको सबै व्यवस्थापन भएकाले ढुक्क हुन आग्रह गरेका छन् । उनका अनुसार सुरक्षाका लागि तीनै घेरामा सुरक्षाकर्मी खटिसकेका छन् । यस अघिका चुनावमा केही ठाउँमा बुथ क्याप्चर र धाँधलीका घटना भएकाले यसपालि त्यस्तो हुन नदिन कडाइका साथ तयारी थालिएको उनले बताए।

२०६४ सालदेखि भएका घटना, अस्वाभाविक मतदान भएका आधारमा १० भन्दा बढी जिल्लाका केही मतदान केन्द्रलाई विशेष संवेदनशील सूचीमा राखेर हवाई गस्तीसमेत थालिएको गृह प्रवक्ता पोखरेले बताए ।

यस अघिका चुनावमा झडप हुने तथा बुथ कब्जाको प्रयास हुने गरेका ठाउँमा थप मद्दतका लागि विशेष प्रहरी टोली खटिएका छन् । दोलखा, बाजुरा, कैलालीलगायत जिल्लामा यस्तो टोली खटाइएको गृह मन्त्रालयले जनाएको छ ।

यस्ता ठाउँलाई उच्च संवेदनशील सूचीमा राखेर विशेष सुरक्षा व्यवस्था अपनाइएको छ । अति संवेदनशील ठाउँमा सेनाले हवाई गस्ती गर्नेछ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले १० हजार ८ सय ९२ मतदान केन्द्रमै पूर्ण सुरक्षाको व्यवस्था मिलाइएको बताउनु भएको छ ।

उहाँले मतदान स्थलमा वा भोट हाल्न जाँदै गर्दा केही समस्या परे पैसा नलाग्ने प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी गराउन समेत आग्रह गर्नु भएको छ । चुनावमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी खटिएका छन् ।

चुनावको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी हुनेछन् भने बाहिरी घेरामा सेना र सशस्त्र प्रहरी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved