अहिले सम्म कुन नेताले कहाँ बाट गरे मतदान

  • मंसिर ४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मतदान रेका छन् ।
उनले सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्या मावि कुबिण्डे मतदान केन्द्रबाट मतदान गरेका हुन्।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । उनले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनि रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् ।

नेकपा एमालेका महासचिव तथा एमालेका दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन्।

यसैगरी अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका शर्माले मुसीकोट नगरपालिका-५ सेरीगाउँमा रहेको यमुनानन्द नमुना माविमा रहेको क मतदान केन्द्रबाट मतदान गरेका हुन्

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरिसकेका छन् । उनले पर्वतको मोदी गाउँपालिकामा रहेको वडा नं. ७ राम्जाको पशुपति मावि क केन्द्रबाट मतदान गरेका हुन्।
पोखरेलले तुलसीपुर १९ मा रहेको जनता विद्यापीठ मतदान केन्द्र मतदान गरेका हुन्।

यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोटबाट मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन्।

यस्तै एमाले नेता योगेश भट्टराईले पनि प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन्। उनले ताप्लेजुङ जिल्ला मैवाखोला गाउपालिका स्थित नारायणी मावि मतदान केन्द्रमा मतदान गरेका हुन।

मतदान गर्दै उनले निर्वाचन नागरिकको सार्वभौमसत्ता प्रयोग गर्ने माध्यम भएको भन्दै यसले लोकतन्त्रलाई अझ सुदृढ बनाउने बताए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved