काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चावहिल महांकालस्थित पानी ट्यांकी मतदान केन्द्रबाट भोट हालेका छन् । चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका लामिछानेले मतपेटिका ढोग्दै मदतान गरेका हुन्। मतदानपछि लामिछानेले आफू नेतृत्वको पार्टीले देश समृद्ध, सुशासित बनाउने प्रतिबद्धता जनाएका छन् ।
आइतबार मतदान गरेपछि उनले भने, ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिन्ह पनि छैन, हामी सहभागी छैनौँ । खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ । हामीले सोचेजस्तो देश र जनताको हितमा भए मात्रै हामी सहभागी हुन्छौं । हामीले जितेमा देश समृद्ध, सुशासन हुनेछ । नागरिकले दुःख पाउने छैनन् ।
अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ ।’
उनले पार्टीले जिते देशलाई अन्य मुलुकजस्तै समृद्ध बनाउने दाबी गरे । उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन्
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved