सरकारको नेतृत्व कांग्रेसले नै गर्छ, प्रधानमन्त्रीबारे पछि कुरा गरौंलास् शेखर कोइराला

  • मंसिर ४, २०७९
  • कालापानी मिडिया
alt

विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमै सरकार बन्ने बताएका छन् । उनले कांग्रेसको नेतृत्वमा सरकार बनेपनि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा भने नतिजापछि विचार गर्ने बताए । विराटनगरको आदर्श मावि मतदान केन्द्रमा मतदान गरेपछि नेता कोइरालले गठबन्धन सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताए ।

उनले भने,‘अरुले दाबी गर्ने हो सरकार कांग्रेसको नेतृत्वमा बन्छ । यस पटकको निर्वाचनपछि सुसासन दिन्छौ, पारदर्शी र जनताप्रति जवाफदेही हुन्छौँ, भ्रष्टाचार न्यूनीकरण गर्छौँ भनेका छौं ।’

यदि सरकारले त्यो गर्न सकेन भने अर्को सरकार बन्ने समेत उनले बताए । नेता कोइरालाले अहिलेको गठबन्धनका दलहरु एकसाथ हुने र अरु केही मिल्न सकिने दलहरुसँग पनि चुनावी परिणामका आधारमा मिल्न सकिने बताए ।

उनले एमालेको अवस्था दोस्रो वा तेस्रो हुने र कांग्रेस पहिलो पार्टी नै हुने दाबी गरे । आजको निर्वाचनले संविधानको रक्षा, राजनीतिक स्थिरता, भ्रष्टाचार न्यूनीकरण र सुशासनको सन्देश दिने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved