काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् ।
काठमाडौं-४ मा कांग्रेसका उम्मेदवार थापाले मतदानपछि संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए । त्यही भनेर आफू मतदातामाझ गएको भन्दै उनले भने, ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु ।’ मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ रु परिर्वतन भयो भने के अर्थ राख्छ रु भनेर काठमाडौं-४ का मतदातालाई हेक्का रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved