हेटौँडामा चुनाव बिथोल्न खोज्ने सात जना पक्राउ

  • मंसिर ४, २०७९
  • कालापानी मिडिया
alt

हेटौँडा । हेटौँडामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान हेटौँडा-१० बसपार्कमा रहेको नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज हेटौँडा-१० बस्ने ४१ वर्षीय रवि खड्कासहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा नेकपा बहुमत समूहका जिल्ला संयोजक हेटौँडा-१५ का शक्ति मगर, समूह जिल्ला सचिवालय सदस्य बाग्मती गाउँपालिका-४ का लिला माझी, समूहका जिल्ला सदस्यहरु हेटौँडा-१० बस्ने अजय गहतराज, हेटौँडा-११ बस्ने विकास लामा, बाग्मती गाउँपालिका-८ बस्ने अनिल सिङ्तान र समूहका जिल्ला युवा अध्यक्ष हेटौँडा-८ बस्ने वसन्त लामा रहेका छन् ।

उनीहरुलाई प्रहरी नायब उपरीक्षकको कमाडौंमा खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved