राप्रपा अध्यक्ष लिङदेनले शुभ साहितमा गरे मतदान

  • मंसिर ४, २०७९
  • कालापानी मिडिया
alt

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । 

झापाको हल्दिवारी गाउँपालिका वडा नं १ को कार्यालयस्थित मतदान केन्द्रमा पुगेर उनले ११ः३० बजे मत खसालेका हुन् । झापा-३ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका उनले धार्मिक प्रचलनअनुसार साइत हेराएर मतदान गरेका हुन् ।

झापा जिल्लामा पाँच वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा सदस्यका लागि छ लाख ६३ हजार तीन सय ११ जना मतदाताले मतदान गर्दैछन् ।
जसमा तीन लाख ३१ हजार ४४ जना पुरुष, तीन लाख ३२ हजार दुई सय ५९ महिला र अन्य आठ जना मतदाता छन् । जिल्लामा दुई सय ८५ वटा मतदानस्थल रसात सय ६८ मतदान केन्द्र छन् ।

315961485_676472930553698_3417459136023321189_n 315530218_1497506740677295_3955338428861358565_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved