मंसिर १५ सम्ममा सरकार बन्छ, हामी बहुमत ल्याउँछौं - ओली

  • मंसिर ४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले मंसिर १५ सम्ममा बहुमतको सरकार बन्ने बताएका छन्।

आइतबार सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ बाट मतदान गर्दै अध्यक्ष ओलीले यो निर्वाचनमा एमालेको बहुमत आउने र बहुमतको सरकार मंसिर १५ गतेभित्र बहुमतको सरकार बन्ने बताएका छन्।

उनले नेकपा एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरूको सरकार बन्ने बताए।  ‘जनतालाई आम निर्वाचनमा सहभागि हुन आग्रह गर्दछु। म अहिले यत्ति भन्छु, मनपरेको पाटीमा उम्मेदवारलाई भोट हाल्न र मताधिकारप्रयोग गर्न आग्रह गर्दछु। निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु। मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ, यदी भएन भने साझेदार गरेका दलहरूसँग सरकारमा सामेल हुन्छौँ, उनले भने।

अध्यक्ष ओलीले चुनावको महत्व घटाउन विभिन्न शक्तिहरू युवाहरूलाई आवेगमा ल्याउने काममा लागिरहेको बताए। उनले रौतहटसहितका केही जिल्लामा हिंसात्मक गतिविधि भएको पनि बताए। अध्यक्ष ओलीले सत्ता गठबन्धन एमालेका कार्यकर्तामाथि आक्रमण गरिरहेको पनि बताए।

अध्यक्ष ओलीले भने, ‘निर्वाचनको कार्य भइरहँदा विभिन्न स्थानमा अप्रिय घटना भएका छन्, त्यसमा हाम्रो चासो रहेको छ। निर्वाचनको समयमा विभिन्न प्रकारका शक्ति लागेको तथा निर्वाचनको गरिमा बिगार्ने तथा युवालाई आवेगमा ल्याउन खोजिएको छ। छिटफुट अप्रिय घटना भएपनि आम रूपमा राम्रो तरिकाले निर्वाचन भएको छ। साथै अप्रिय घटना भएका ठाउँमा मतदान दोहोर्या‌ंएर गर्नुपर्ने हुन्छ।’

अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। अध्यक्ष ओलीले भोट हाल्नुभएको क्षेत्रमा भने नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवराका रूपमा एमाले नेता महेश बस्नेत छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved