खाना पकाउने ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई सरकारको अपिल

  • फागुन ३०, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले खाना पकाउने ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपिल गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न अपिल गरेको हो ।


मन्त्रालयकी सहायक प्रवक्ता उपसचिव उर्मिला केसीले विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको आपूर्ति पर्यात भएकाले माग धान्न समस्या नहुने बताएकी छन् । हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमित भन्दा बढी भइरहेकाले मौज्दात नराख्न सर्वसाधारणलाई आह्वान गरेको मन्त्रालयले जनाएको छ ।

बजारको बढ्दो मागलाई व्यवस्थापन गर्न नेपाल आयल निगम यस महिनाबाट नियमित खपतका अतिरक्त थप ११ हजार मेक्ट्रिक टन ग्यास आयात प्रक्रिया अघि बढाएको पनि मन्त्रालयले जनाएको छ ।

‘बजारमा निगमले प्रशस्त मात्रामा ग्यासको आपूर्ति गर्ने र माग धान्नका लागि समस्या नहुने भएकोले आवश्यकता भन्दा बढी मौज्दात नराख्नु हुन समस्त उपभोक्ता वर्गहरुमा जानकारी गराउँछौ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको पनि दाबी गरेको छ । उभोक्ताहरुलाई विगतमा झै नियमित तरिकाले वस्तुहरु उपभोग गर्न पनि मन्त्रालयले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved