समानुपातिक क्लष्टर अनुसार नाम मिलाउन दलहरुलाई आजसम्मको समय, नयाँ सरकार गठनको प्रक्रिया यही हप्ता सुरु हुने

निर्वाचन आचारसंहिता आजैबाट निष्क्रिय

  • मंसिर २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरुलाई समय दिएको छ ।

आयोगले समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि आज सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।
प्रतिनिधि सभा अन्तर्गत दलहरुले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा त्रुटि नरहेको बताएको छ । तर, प्रदेश सभामा पेश गरेको नाममा भने केही त्रुटि देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले प्रदेशतर्फ नाम सिफारिस गर्दा त्रुटी भेटिएको हो । आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभए पनि केही राजनीतिक दलहरुले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटी देखिएको बताए ।

विशेष गरी प्रदेश नम्बर १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दलहरूले बुझाएका सूचीमा त्रुटि देखिएका छन् । क्लस्टरअनुसार सूची नबुझाएको पाइएको छ । वाग्लेका अनुसार दलहरूले त्रुटि सच्याएर पठाएपछि सांसदहरू निर्वाचित भएको घोषणा गरिनेछ र प्रमाण पत्र दिइनेछ ।

सम्भवत सोमबार नै प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ निर्वाचित भएको घोषणा गरिने उनले बताएका छन् ।

निर्वाचन आचारसंहिता आजैबाट निष्क्रिय

निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता निष्क्रिय पारेको छ । आयोगले प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको लागि गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता सोमबारबाट खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ ।

नयाँ सरकार गठनको प्रक्रिया यही हप्ता सुरु हुने
निर्वाचन आयोगबाट निर्वाचन परिणाम औपचारिकरुपमा प्राप्त गरेसँगै राष्ट्रपति कार्यालयले नयाँ सरकारको गठन प्रक्रिया सुरु गर्नेछ । चुनावमा कुनै पनि दलले बहुमत ल्याउन नसकेकाले केन्द्र र प्रदेशमासमेत दुई वा दुईभन्दा बढी दल मिलेरै सरकार गठन गर्नुपर्ने भएको छ ।

सत्ता गठबन्धनका दलहरुले नयाँ सरकार गठनका लागि गृहकार्य गरिरहे पनि पद बाँडफाँटलगायत विषयमा औपचारिक छलफल भैसकेको छैन । अब केन्द्र तथा प्रदेशमा सरकारको गठनसँगै प्रतिनिधि तथा प्रदेश सभाको सभामुख तथा उपसभामुख चयन र राष्ट्रपति तथा उपराष्ट्रपति चयन प्रक्रिया पनि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved