कोरोनाको त्रास वीरगंज नाका सुनसान

आयातमा गिरावट

  • चैत १, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह, वीरगंज । वीरगंज भन्सार नाकाबाट विभिन्न मालसामानको पैठारीमा गिरावट आएको छ। कोरोना भाइरसको त्रास र होलीका कारण सातादेखि भन्सार नाकाबाट भित्रिने मालवस्तुको संख्यामा निकै गिरावट आएको भन्सार अधिकारीहरुको अनुमान छ।

वीरगंज भन्सारको तथ्यांक अनुसार फागुन २९ र ३० गते जम्मा १३ करोड रुपैयाँ राजस्व असुली भएको छ भने २८ गते १९ करोड ८१ लाख, २७ गते ३ लाख, २६ गते ९ करोड ७१ लाख रुपैयाँसहित महिनाभरी ४२ अर्ब रुपैयाँको हाराहारीमा राजस्व असुली भएको छ।

वीरगंज भन्सार र्यालयका अनुसार पहिलेको तुलनामा मालसामान बोकेका सवारी साधनमा आंशिक रुपमा कमी आएको तर आगामी सोमवारदेखि वृद्धि हुने अनुमान गरिएको छ।

‘निकासी कम देखिएको छ, १२ महिनाको लागि १ खर्ब ८८ अर्ब वीरगंज भन्सारले लक्ष्य पाएकोमा अहिले करीब १ खर्बको हाराहारीमा राजस्व असुली भइसकेको कार्यालायको भनाइ छ । भन्सार कार्यलयका अनुसार ‘यो लक्ष्यको ७२ प्रतिशत हो। तर, कोरोनाले गर्दा आगामी दुई महिना निकै कम राजस्व उठ्ने विश्लेषण गरिदैछ।’

होलीकारण पनि आयातकर्ता, व्यवसायी, क्लियरिङ एजेन्ट, सवारी चालकलगायत बिदामा घर गएकोले जति सामान छुट्नु पर्ने हो त्यति नछुटेको हुन सक्ने वताइएको छ। मुख्यतया भारत, चीन, मलेशिया, थाइल्यान्ड, अमेरिका, क्यानडालगायत मुलुकबाट मालवस्तुहरु वीरगंज नाका हुँदै भित्रिने गरेको छ।

पानीजहाजबाट कोलकाता र विशाखापट्टनम वा भारतको अन्य प्रान्तबाट मालवस्तु बोकेको ट्रकहरु पनि वीरगंज नाका हुँदै नेपाल भित्रिन्छ। होली अगाडि दैनिक ६/७ सय गाडीहरु आउँथ्यो भने अहिले सयभन्दा पनि कम गाडी आएको वीरगंज भन्सारले जनाएको छ।

यसैगरी वीरगंज भन्सारको सीमावर्ती रक्सौल भन्सारको पनि अवस्था उस्तै छ। होली यता मालवस्तु र सर्वसाधारणको आवागमनमा पनि कमी आएको रक्सौल भन्सारका अधिकारीहरुले बताएका छन्। रक्सौल भन्सारका एकजना अधिकारीले कोरोना महामारीले विश्व त्रसित भएकै कारण रक्सौल वीरगंज नाका भएर आउजाउ गर्ने सवारीसाधन तथा मालवस्तुको गाडीहरुमा केही मात्रामा असर गरेको बताए ।

पूर्णरुपले रक्सौल भएर निकासी गरिने मालसामान बीस प्रतिशतले कमी भए तापनि कोरोनाकै कारणले रक्सौल नाकाबाट आपूर्ति नैं ठप्प हुने अवस्था नरहेको उनको दावी छ। होलीले गर्दा दुवै भन्सारको चहलपहल कम भएको हुनसक्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved