काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दैछन् ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८ः४५ बजे हुनेछ ।
मोरक्को र क्रोएसिया शनिबार तेस्रो स्थान हासिल गर्दै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।
अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो भने साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३-० ले पराजित भएको थियो ।
मोरक्को र क्रोएसियाबीच भएको समूह चरणको भिडन्त गोलरहित बराबरीमा सकिएको थियो । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved