जाडो याममा दमका बिरामीले के खाने ? के नखाने ?

  • पुस ६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं। जाडो मौसम सुरु भएसँगै दमका बिरामीहरूलाई समस्या झन् बढ्दै जान्छ। जाडोमा दमका बिरामीलाई स्वास फेर्न पनि गाह्रो हुने गर्छ । चिसोसँग दमका बिरामी त बच्नु नै पर्छ साथै केही यस्ता खानेकुरा पनि छन् जसबाट यस्ता बिरामीहरू टाढै रहन जरुरी छ ।

कृतिम स्विटनर
कृतिम स्विटनर (जंकफुड) को सेवनले यस्ता बिरामीहरूलाई समस्या उत्पन्न हुन्छ । दम तथा एलर्जी फाउन्डेसन अफ अमेरिकाद्वारा प्रकाशित एक रिपोर्टमा भनिएको छ, दमका बिरामीहरूले कृतिम गुलियो कुराहरू मिसाएर बनाएका खानेकुरा खाँदा समस्या उत्पन्न हुन सक्छ । उनीहरूमा दम बढेर स्वासप्रस्वासमा समस्या समेत देखिएको बताएको छ ।

मादकपदार्थ सेवन

दमका रोगीहरू जाँडरक्सी तथा वाइन सेवन गर्नबाट टाढै रहनुपर्छ । जाडो समयमा यसरी मादकपदार्थको सेवन कहिलेकाहीँ दम आक्रमणको कारण पनि बन्न सक्छ।

प्याक तथा प्रशोधित खानेकुरा

दमका रोगीहरूले प्याक गरेका तथा प्रशोधित खानेकुराहरू खानबाट बच्नुपर्छ । यस्ता खानेकुरामा गरिएका क्यामिकलहरू दमका रोगीहरूका लागि एलर्जीको कारण बन्न सक्छ । जसले दम बढ्ने सम्भावना अधिक हुन्छ । यस्तो खाना जसमा सल्फाइटको मात्रा हुने गर्छ त्यसको सेवनले तपाईंलाई गम्भीर समस्या उत्पन्न गराउन सक्छ ।

अचारको सेवन

दमका बिरामीहरूले अधिक मात्रामा अचारको सेवन गर्नु पनि खतरनाक मानिन्छ । धेरै अचार खाँदा तपाईंलाई दमको अट्याक हुने खतरा रहन्छ । अचारलाई लामो समय खराब हुनबाट जोगाउन प्रयोग गरिने तत्वले दमका रोगीहरूलाई बेफाइदा गर्दछ ।

ज्यादा बोसो भएको खानेकुरा

दमका रोगीहरूले धेरै बोसो भएको खानेकुरा खानबाट बच्नुपर्छ । दमका रोगीहरूले रातो मासु, मिठाइहरू, तथा अन्य खानेकुरा जसमा धेरै फ्याट भएका खानेकुरा खानु हुँदैन । यस्तो खानेकुरा एकदमै हानिकारक मानिन्छ ।

दमका बिरामीले माथि उल्लेखित खानेकुरा खानबाट बच्नुपर्छ । जाडो मौसममा दमको समस्या बढेमा स्वास लिन समस्या, धेरै खोकी लाग्नु तथा घाँटी सुन्निने लगाएको समस्याहरू देखिन सक्छ । यस्तो बेलामा बिरामीले धेरै चिसो खानेकुरा खान तथा चिसोमा बस्नु हुँदेन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved