चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • पुस ६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सर्वोच्च अदालतले बिकिनी किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्ने आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै शोभराजलाई अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए आजकै दिनबाट कैद मुक्त गर्न र १५ दिनभित्र आफ्नो देश फर्काउने व्यवस्था मिलाउन आदेश गरेको छ ।
इजलासले निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवाधिकार मापदण्ड, संविधान तथा कानून प्रदत्त अधिकार अनुकूल नदेखिएको भन्दै शोभराजको बन्दी प्रत्यक्षीकरण रिट जारि गरेको हो ।

सर्वोच्चको आदेशमा १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानूनले दिएको सुविधा पाउनुपर्ने उल्लेख गरिएको छ । यस्तै, मुटुसम्बन्धी रोगबाट पीडित भइ उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

कारागार नियमावली २०२० को नियम २९ मा ६५ वर्ष पुगेका कैदीलाई असल चाल चलनको आधारमा वा ओछ्यानमा परि निको नहुने अवस्थामा पुगेका कैदीहरुलाई ७६ प्रतिशतसम्मको कैदछुट गर्न सक्ने व्यवस्था छ ।

सोही अनुरुप अदालतले शोभराजले ९५ प्रतिशत कैद भुक्तान गरिसकेको भन्दै रिहा गर्ने आदेश गरेको हो । फ्रान्सेली नागरिक शोभराज सन् २००३ मा नेपालमा पक्राउ परेका थिए । कर्तव्य ज्यानको मुद्दामा उनलाई जिल्ला अदालत भक्तपुरले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved