भारतले विमानस्थलमै कोरोना परीक्षण गर्ने

  • पुस ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतले अन्य देशबाट आउने यात्रुको कोरोना परीक्षण विमानस्थलमै गर्ने भएको छ। चीनमा बढ्दो कोरोना संक्रमितलाई मध्यनजर गरी यो निर्णय लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै त्यहाँका स्वास्थ्य मन्त्रालयले विज्ञ र अधिकारीसँग अवस्थाको समीक्षा गरेको छ। केही देशमा कोरोना भाइरसको संक्रमण बढेसँगै भारतमा पनि कोभिडको चिन्ता बढेको छ।

चीनमा कोभिड-१९ को ठूलो लहर आएको छ । त्यहाँ कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ। जापानमा पनि बुधबार एकै दिन १६ हजार भन्दा बढी संक्रमित थपिएका छन्।

गत अगस्ट २५ यता पहिलोपटक देशमा संक्रमितको संख्या दुई लाख पुगेको छ। बुधबार मात्रै जापान कोरोना संक्रमणका कारण दुई सय ९६ जनाको मृत्यु भएको छ ।दक्षिण कोरिया र ब्राजिलमा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved