राखेपले दुई तेक्वान्दो सङ्घ खारेज गरेपछि विवाद

  • पुस ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई तेक्वान्दो सङ्घलाई खारेज गरी नयाँ सङ्घ गठन गरेपछि विवाद सुरु भएको छ ।

राखेपले अस्ति मङ्गलवार तेक्वान्दो, उसु र शारीरिक सुगठन सङ्घ पुनर्गठन गरेको थियो । राखेपले पुनर्गठित नेपाल तेक्वान्दो सङ्घको अध्यक्षमा सङ्घका पूर्व उपाध्यक्ष प्रदीप जोशीलाई संयोजक र अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिएको छ । यसअघि दुई तेक्वान्दो सङ्घ अस्तित्वमा थिए । खारेज गरिएको सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणा नेतृत्वको पदाधिकारीले तेक्वान्दो भवन छाड्न अस्वीकार गरेपछि विवाद देखिएको हो।

राणा नेतृत्वको सङ्घले राखेपको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने समेत जनाएको छ । राखेपले पुनर्गठित उसु सङ्घको अध्यक्षमा जनक बर्तौला र महासचिवको जिम्मेवारी नवराज ढुंगानालाई दिएको छ । नेपाल शारीरिक सुगठन सङ्घमा भने सहमतिमा नै कार्यसमिति पुनर्गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved