काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो चालू पुँजी कर्जा मार्गदर्शन, चर्को ब्याजदरलगायत विषय उठाएर अहिले निजी क्षेत्र असन्तुष्ट छ ।
यही विषयलाई अघि सारेर मंसिर ४ गतेको निर्वाचनअघि नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा नाडा अटोमोबाइल्स एसोसिएसनलगायतका वस्तुगत संघ सडकमा ओर्लिएका थिए । होटल संघ नेपाल मातहत विभिन्न पर्यटकीय क्षेत्रका संघसंस्थाले पनि विभिन्न माग राख्दै आएका छन् ।
व्यवसायीहरू सडक आन्दोलनमा निस्केको अहिले मात्र होइन । चालू आर्थिक वर्षको बजेट आएसँगै उद्योगी-व्यवसायी बेखुसी बन्न सुरू हो ।
बजेट ल्याउँदा केही व्यवसायीलाई मात्र फाइदा पुग्ने गरी करका दर हेरफेर गरिएपछि मर्कामा पर्ने व्यवसायीले विरोध जनाएका थिए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved