स्वस्तिमालाई यौनजन्य दृश्यको डर, निर्मातासँग राखिन् यस्तो सर्त

  • असोज २४, २०७६
  • कालापानी मिडिया
alt

निर्माता तथा संगीतकर्मी अर्जुन कुमारको चलचित्र ‘चपली हाइट–३’ का लागि पहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रस्ताव गरियो।साम्राज्ञीले चलचित्रको शीर्षकमै आपत्ति जनाइन्।

चपली हाइटका अघिल्ला दुई श्रृंखलामा समावेश गरिएका वयस्क शैलीका कन्टेन्टका कारण साम्राज्ञीले चलचित्रको शीर्षक नै परिवर्तन गरे मात्र अभिनय गर्ने बताइन्।निर्माता अर्जुनकुमारले साम्राज्ञीको सर्त मानेनन्।

साम्राज्ञीपछि अर्जुनले अभिनेत्री स्वस्तिमा खड्का समक्ष प्रस्ताव राखे। स्वस्तिमाले पनि निर्मातासँग एउटा सर्त राखिन्।विगत दुई श्रृंखलामा जस्तो तेस्रो श्रृंखलामा यौनजन्य कन्टेन्ट नराख्ने भए मात्र काम गर्ने सर्तमा स्वस्तिमा अभिनयका लागि तयार भइन्।

आजको साप्ताहिकका अनुसार अन्ततः अर्जुनले स्वस्तिमाकै सर्त स्वीकार गरे।अब चलचित्रमा यौनजन्य विषयबस्तु समावेश हुने छैन।अघिल्लो साता काठमाडौँमा आयोजित चलचित्रको घोषणा कार्यक्रमममा समेत अभिनेत्री खड्काको आशय त्यस्तै थियो।

उनी भन्दै थिइन्, ‘म चलचित्र साइन गर्नुअघि चलचित्र निर्माण गर्ने टिम र स्क्रिप्ट हेर्छु। यो क्राइम थ्रिलर चलचित्र हो, जसमा यौनजन्य दृश्य तथा विषयबस्तु समावेश छैन।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved