खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

  • पुस १५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा पछिल्ला दिनहरूमा चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको हो ।

मुलुकभर तापक्रम घट्दा चिसो बढेको हो। तराईमा भने दिनभर हुस्सु लाग्न थालेको छ । जसकारण जनजीवन प्रभावित भएको छ । हुस्सुका कारण आन्तरिक उडानसमेत प्रभावित भइरहेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हुस्सुका कारण बिहान तराईका सबै विमानस्थलमा पारदर्शिता (भिजिबिलिटी) उडान हुनै नसक्ने गरी घटेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हुस्सुका कारण बिहानपख तराईका सबै विमानस्थलको उडान प्रभावित हुने गरेको छ ।

बिहीबार भैरहवा र जनकपुर विमानस्थलको भिजिबिलिटी १ मिटरमा झरेको थियो भने विराटनगरको भिजिबिलिटी २ मिटरसम्म थियो। उडानका लागि भिजिबिलिटी कम्तीमा एक हजार ६ सय मिटर चाहिन्छ ।
पछिल्लो २४ घन्टाको तथ्यांक हेर्दा डडेल्धुराको न्यूनतम तापक्रम ४.९ डिग्री छ भने दिपायलको तापक्रम ३.६ डिग्रीमा झरेको छ । वीरेन्द्रनगरमा २.५, पोखरामा ५.८, ओखलढुंगामा ५, ताप्लेजुङमा ४.६ र जिरीमा माइनस २ डिग्रीमा तापक्रम झरेको छ । तराईमा पनि न्यूनतम तापक्रम घटेको छ ।

महाशाखाका अनुसार धनगढीको न्यूनतम तापक्रम ६.२, नेपालगन्जमा ८.३, भैरहवामा ९.४, विराटनगरमा ८.१ र जनकपुरमा ७ डिग्री मापन भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved