कोरोनाका कारण भारतमा थप एकको मृत्यु,एक सय २९ जनामा कोरोना पुष्टि

  • चैत ४, २०७६
  • कालापानी मिडिया
alt


काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) का कारण भारतमा थप एक जनाको ज्यान गएको छ ।

महाराष्ट्रमा ६४ वर्षीय वृद्धको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । दुबईबाट फर्किएका वृद्धको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क०देशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

यसअघि सोमबार पाकिस्तानमा कतारबाट फर्किएका ३१ वर्षीय युवाको ज्यान गएको थियो । नेपाल रहेको सार्कका आठ सदस्य देशमा अहिलेसम्म तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ भने २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ ।

भारतमा मात्रै एक सय २९ जनामा कोरोना पुष्टि भएको छ । १३ जना निको भएका र एक सय १३ जना उपचाररत छन् । यस्तै अमेरिकामा थप सात जनाको र दक्षिण कोरियामा थप ६ जनाको ज्यान गएको छ । मध्य एसियाको काजकिस्तानमा दुई वर्षीया बालिका सहित तीन जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved