बागमतीको मुख्यमन्त्रीमा राप्रपाको दाबी

  • पुस १७, २०७९
  • कालापानी मिडिया
alt

६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी १ सय १० प्रदेशसभा सदस्य सिट संख्या रहेको बागमतीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री दाबी गरेपछि गठबन्धन राजनीति पेचिलो बनेको छ ।
सरकार बनाउन ५६ सिट आवश्यक पर्छ र एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा पनि बागमतीमा सहजै सरकार बन्न सक्ने स्थिति छ । तर सानो भनिएको १३ सिटको राप्रपाले मुख्यमन्त्री दाबी गरेको छ । एमालेले ४ प्रदेशमा आफ्नो सरकार दाबी गरिरहँदा बागमती पनि थियो । प्रदेश १, गण्डकी र कर्णालीमा एमालेको बलियो दाबी छदैँछ ।

बागमती प्रदेशमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । प्रदेश सरकारको नेतृत्वमा सत्ता गठबन्धनका मुख्य तीन वटा दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाको दावी छ ।

गठबन्धनमा छलफल भएर बागमती प्रदेश एमालेलाई परे जे एन थपलिया मुख्यमन्त्री हुनेछन् । पहिला एमालेले दुई मुख्यमन्त्री पाइसकेकाले यसपटक माओवादीको बलियो दाबी छ मुख्मयन्त्रीमा । माओवादीबाट शालिग्राम जमकट्टेल मुख्यमन्त्रीका उम्मेद्वार हुन् । तर ७ प्रदेशमध्ये धेरै सांसद बागमतीमा भएकाले र एउटा प्रदेशमा गठबन्धनले मुख्यमन्त्री राप्रपालाई दिनु पर्दा बागमती दिनु पर्ने राप्रपाको माग छ । राप्रपाबाट उद्धव थापा मुख्यमन्त्रीका उम्मेद्वार हुन् । एमालेले ३, माओवादीले २, राप्रपाले १ र एउटा प्रदेश जनमत र नागरिक उन्मुक्ति पार्टीले पाउने गठबन्धन सहमतिमा बागमतीमा राप्रपाको दाबीसँगै माओवादीलाई समस्या परेको छ ।

प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएकाले पनि सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक रहेको राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बताए । ‘राप्रपा सत्ता गठनको लागि निर्णायक शक्ति हो । त्यसैले प्रदेश सरकारको नेतृत्वमा हाम्रो स्वाभाविक दाबी रहन्छ,’ उनले भने, ‘हामी केन्द्रीय सरकारमा सहभागी हुने भनेका छौं । केन्द्रमा भागबन्डा अनुसारको पदहरुमा लिएर सरकारमा जान्छौं । सोहीअनुसार प्रदेशमा पनि हुन्छौं । तर, मुख्यमन्त्री हाम्रो हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved