एक वर्षमा ६ लाख १४ हजार १४८ पर्यटक भित्रिए

  • पुस १७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । एक वर्षमा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल आएका छन् । नेपालमा कोभिड(१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन २०२२ मा एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक भित्रिए । जुन सन् २०२१ को तुलनामा ३०९ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६ दशमलव ९२ प्रतिशत धेरै हो ।
सन् २०२२ मा सबैभन्दा भारतीय पर्यटक आएका छन् । बोर्डका अनुसार २ लाख ९ हजार १०५ जना भारतीय नेपाल आएका छन् । दोस्रोमा अमेरिकी छन् । ७७ हजार ९ जना अमेरिकी नेपाल आएका छन् । तेस्रोमा बेलायती छन् । बेलायतबाट ४४ हजार ७८१ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । अस्ट्रेलियाबाट २६ हजार ८७४ जना आए का छन् । बंगलादेशबाट २५ हजार ३८४ जना पर्यटक आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कीर्तिपुर अपडेट : प ...

काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको ...

राज दम्पती सोमबार बु ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह दम्पती सहित सोमबार नेपालगन्ज प्रस्थान गर्ने हुनुभएको छ । मध्य र सुद ...

८४ अघि नै राप्रपाले ...

                   फाइल तस्बिर काठमाडौँ । राष्ट् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved