पृथ्वीनारायण शाह थिए र पो नेपाल राष्ट्र छ-लिङ्गदेन

  • पुस २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि राजनीतिक दलको बहुमत नभएकाले सबै राजनीतिक दलहरु मिलेर जानुको विकल्प नभएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गर्दै अध्यक्ष लिङ्देन सरकारले ल्याएको प्रतिबद्धता सहज नभएको बताए ।
उनले भने, ‘हामीले प्रधानमन्त्री नियुक्ति हुने बेलामै समर्थनका लागि हस्ताक्षर गरिसकेका छौँ। उहाँले गरेको प्रतिबद्धताले सफलता पाउने विश्वास व्यक्त गर्छु । हामी विश्वासको मत दिन्छौँ ।’ लामो समयदेखि सुशासनको अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीबाट ठोस प्रतिबद्धता आएको बताए । उनले सरकारले पृथ्वीजयन्तीमा बिदा दिने निर्णय गरेकोप्रति आभार व्यक्त गरे ।
उनले भने, ‘पृथ्वीनारायण साह थिए र नेपाल राष्ट्र छ । राष्ट्रनिर्माताको सम्मान गरेर अगाडि बढ्दा हामी पछाडि फर्केको हुँदैन । त्यो कुनै पार्टीको विचार हुँदैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved