काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ । दिउँसो १ बजे चुनाव हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
सभामुख पदका लागि माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । भण्डारीलाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन छ । रावललाई कांग्रेससँगै एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।
५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तीमा २७ मत ल्याउनुपर्छ । कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् । सत्ता गठबन्धनको साथ हुँदा माओवादीका भण्डारी सभामुखको निर्वाचित हुने निश्चित जस्तै छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा हिजो एमालेका राजेन्द्र रावल नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved