चीनका नवनियुक्त राजदूतलाई बिभिन्न मैत्री संगठनको स्वागत

  • पुस २८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङलाई बिभिन्न मैत्री संगठनहरुले स्वागत गरेकाछन् ।

काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी राप्रपा केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीसहित बिभिन्न संगठनका प्रतिनिधिले स्वागत गरेकाहुन् । कार्यक्रममा राजदूत सङले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि दुबै देशले सधैं एकअर्काको सम्मान, विश्वास र सहयोग गर्दै आएको धारणा राखे ।

received_3271183666465084

नेपालमा भर्खरै संघीय र प्रदेश निर्वाच सम्पन्न भई नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै राजदूत सङ अहिले विश्वमा भइरहेका परिवर्तन यसअघि कहिल्यै नभएका किसिमका भएको टिप्पणी गरे । नयाँ परिस्थिति, नयाँ अवसर र चुनौतीको स्थितिमा चीनले सधैंझैं नेपाललाई राष्ट्रिय अखण्डता र राष्ट्रिय सम्मानको रक्षाका लागि, राष्ट्रिय आवश्यकता अनुसारको विकास ठम्याउन र स्वतन्त्र घरेलु तथा विदेश नीति अपनाउन सहयोग गर्ने उनले बताए ।

received_826953115065489

राजदूत सङले नेपालका लागि २२औं चिनियाँ राजदूतका रूपमा सेवामा आउन पाउनुलाई अवसर र ठुलो सम्मानका रूपमा लिएको धारणा राखे । नेपालको अनुपम सौन्दर्य, अद्वितीय संस्कृति र यहाँका जनताको दयालुपन र हार्दिकताबाट छक्क परेको उनले बताए । सङ आइतबार मात्रै आफ्नो जिम्मेवारी समाल्न काठमाडौं आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved