काठमाडौं । वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गरका छन् ।
आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादी प्रवेश गर्ने घोषणा गरेका भुसाल पार्टी कार्यालय पुगेर प्रवेश गरेका हुन् । उनलाई एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव वेदुराम भुसाल लगायतका नेता(कार्यकर्ताले उनलाई स्वागत गरका छन् ।
तत्कालीन नेकपा एमालेका पूर्वउपमहासचिव भुसालले मंसिरको निर्वाचनमा टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए । रूपन्देही–१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका भुसाल पराजित भएका थिए ।
माधवकुमार नेपाल पक्षले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्दा नेपाल निकट मानिएका १० नेताहरू १० बुँदे सम्झौता गरी एमालेमै बसेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved