हेटौँडा । बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका महामन्त्री भुवन पाठक निर्वाचित भएका छन्। ६२ मत प्राप्त गर्दै पाठक निर्वाचित भएका हुन्। उनको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन्। १ जना सांसद भने अनुपस्थित भए।
सभामुख पदका कांग्रेसका उम्मेद्वार शिवराज अधिकारीले जम्मा ३६ मत पाए। उनको विपक्षमा ६५ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन् । १ जना सांसद भने अनुपस्थित थिए।
त्यस्तै, सभामुख पदकी उम्मेद्वार सृजना सायजुले जम्मा ३ मत पाइन्। उनको विपक्षमा ९८ सांसदले मतदान गरे भने तटस्थमा ७ सांसद रहेका थिए। १ जना सांसद भने अनुपस्थित रहे।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved