क्यालिफोर्नियामा युवा सम्मेलन

  • माघ ११, २०७९
  • कालापानी मिडिया
alt

टेक्सस (अमेरिका) । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा तेस्रो युवा सम्मेलन क्यालिफोर्नियाको सानफ्रान्सिस्को शहरमा यही फेब्रुअरी २५ मा हुने भएको छ ।

युवा वर्गलाई गैर आवासीय नेपालीको अभियानमा जोड्न र युवा सरोकारका मुद्दाहरुसँग एनआरएनएको सम्बन्ध स्थापित गर्ने अभिप्रायले संघले युवा सम्मेलन गर्दै आएको छ । युवाको नयाँ सोंच, योजना र उर्जालाई एकत्रित गरी मातृभुमी नेपालको विकास र समृद्दिमा समेत उपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा समेत छलफल हुने यस सम्मेलनले अमेरिकाभर नै छरिएर रहेका युवालाई एउटै संजालमा जोड्नका लागि काम गर्ने संघका युवा संयोजक तथा सम्मेलनका समेत संयोजक रहेका त्रिभुवल पाण्डेले जानकारी दिए ।

सम्मेलनलाई सफल पार्नका लागि संघका अध्यक्ष बुद्दिसागर सुबेदीको नेतृत्वमा एघार सदस्यीय सम्मेलन संचालन समिति निर्माण गरिएको तथा विभिन्न समितिहरु बनाईएको सचिव अनुप खनालले बताए । उनका अनुसार सम्मेलनमा प्रमुख अतिथिका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आउनेछन् भने विभिन्न विषयमा विज्ञहरुको पनि सम्मेलनमा सहभागिता रहनेछ ।

संघले विभिन्न समयमा युवा लक्षित कार्यक्रम गर्दै आएको जानकारी दिदैं संघका उपाध्यक्ष एवं युवा विभाग प्रमुख सुमन थापाले यस युवा सम्मेलन निकै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

received_1498901413966049

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved