गत मंगलबारको भूकम्पले बाजुरामा ४ सय घरमा क्षति, ४२ घरपरिवार विस्थापित

  • माघ १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । गत मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पले हालसम्म ४२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । प्रहरीले संकलन गरेको विवरण अनुसार भूकम्पबाट बाजुरामा ३ वटा पालिकाका ४२ घरपरिवार विस्थापित भएका हुन् ।

भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विस्थापित भएका परिवारहरु केही आफन्तकोमा, केही त्रिपालको सहारामा र केही मन्दिरमा बास बसेको प्रहरीले बताइएको छ ।

त्यस्तै भूकम्पले करिब ४ सय घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सङ्कलन गरेको क्षतिको विवरण अनुसार भूकम्पले सबै भन्दा धेरै बडीमालिका नगरपालिकामा क्षति पुगेको छ । भूकम्पबाट गौमुल गाउँपालिका-२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो । ४ जना घाइते भएका थिए । भूकम्पका कारण गौमुल-१ अम्लिसका राजदल बोहराका ३५ भेडा समेत मरेका थिए ।

बाजुरामा मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा ५ दशमलव ९ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved