काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
बिहीबार दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच मात्र छलफल भएको थियो । सुदुरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडानमा बसेको नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिने सम्भावना नरहेपछि संयन्त्रको बैठक स्थगित गरेर शुक्रबार राखिएको हो ।
सुदूरपश्चिम सरकार टिकाउने र राष्ट्रपति चुनावका लागि सत्तारुढ दलबीच छलफल गरेर एउटै धारणा बनाउन संयन्त्रको बैठक बस्ने तय भएको थियो । तर, अन्तिम समयमा बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा जुटेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिइरहेको छ । सरकार बनाउन साथ दिएको नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सरकार जोखिममा परेको छ । यही बेला संयन्त्रको बैठकबाट सहमति गराउने प्रयास गर्ने तयारी थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved