पुँजीवादीहरुले जति षड्यन्त्र गरेपनि जनताकै जित हुनेछ - विप्लव

  • फाल्गुन १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वामपन्थी र देशभक्त शक्तिहरु एक भएर दलाल पुँजीवादको अन्त्य गर्नुपर्ने बताएका छन् ।

सोमबार २८औँ जनयुद्ध दिवसका अवसरमा वक्तव्य जारी गर्दै महासचिव विप्लवले जनयुद्ध दिवस नेपाली श्रमिकका लागि गौरवपूर्ण पर्व भएको बताएका हुन् ।
विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्यो । किसान, मजदुर, महिला श्रमिक समुदाय, जनजाति, मधेसी, आर्य, मुश्लिम सबैलाई एकताबद्ध गरेर विद्रोहमा परिचालित गर्यो र एकस्तरको मुक्ति दिलायो । हामी नेपालमा नयाँ जनवादी सत्ता स्थापना गरेर वैज्ञानिक समाजवादतिर अगाडि बदन चाहन्थ्यौं तर भूमण्डलीकृत पूँजीवाद, दलाल पूँजीवाद र संशोधनवादा पहयन्त्रका कारण हाम्रो त्यो लक्ष्य पुरा हुन पाएन ।’
उनले देशले अहिले पनि भयानक संकटको सामना गरिहेको उल्लेख गर्दै भनेका छन्, ‘देशको कंगालीकरण, नवऔपनिवेशिक अवस्था र अराजकता अग्रगामी निकास पनि दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना गर्नु हो । तसर्थ सम्पूर्ण कम्युनिस्ट, बामपन्थी, प्रगतिशील, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरु एक भएर देशलाई परिवर्तनतिर अगाडि बढाउन एकताबद्ध बनौँ ।’

एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादमार्फत देशलाई निकास दिन सकिने उनको भनाइ छ । उनले भनेका छन्, ‘नेपाललाई दलाल पूँजीवादी सत्ता र भूमण्डलीकृत साम्राज्यवादको प्रभुत्व र उत्पीडनबाट मुक्त गराई छोडिने छ । पुँजीवादीहरुले जति नै षड्यन्त्र गरे पनि विजय जनताको नै हुने छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved