नेपालमा नयाँ राष्ट्रपतिका लागि भारतीय बुद्धिजीवीले दिए यी नाम

  • फागुन ८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा नयाँ राष्ट्रपतिका लागि कसरत भइरहेका बेला भारतका बुद्धिजीवी एसडी मुनिले चार नाम सुझाएका छन्।

सोमबार सामाजिक सञ्जालमा धारणा राख्दै मुनिले राष्ट्रपतिका लागि योग्य भनेर गैरराजनीतिक चार जनाको नाम उल्लेख गरेका हुन्।

‘नेपालमा सहमतिमा नयाँ राष्ट्रपतिको माग जायज छ’, ट्वीटरमा उनले लेखेका छन्, ‘देवेन्द्रराज पाण्डे, प्रा।बराल ९सम्भवतः लोकराज बराल०, दमन ढुंगाना र अनुराधा कोइराला जस्ता इमान्दार र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्ति योग्य छन्।’

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहँदा नेकपा एमाले एवं नेपाली कांग्रेसले आफूले पाउनुपर्ने अडान राख्दै आएका छन्। गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहँदा मुनिको यस्तो धारणा सार्वजनिक भएको हो।
हेर्नुहोस् उनको ट्वीट :

Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.

-SUKH DEO MUNI (@SDMUNI) February 20, 2023

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved