विदेशीहरूले नेपालमा गरेको भेटघाटबारे नियमन गरौं - रघुजी पन्त

  • फाल्गुन १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं : सत्तारूढ प्रमुख घटक नेकपा ९एमाले०का सांसद रघुजी पन्तले विदेशीहरुले नेपालमा गरेको भेटघाटबारे नियमन गर्न सरकारसँग माग गरेका छन्।

नेपालको राष्ट्रपति निर्वाचनअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताप्रति आपत्ति जनाउँदै उनले कहिल्यै पराधिन नभएको मुलुकको लागि लाजमर्दो विषय भएको टिप्पणीसमेत गरे।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले भारतीय पूर्वप्राध्यापक एसडी मुनीको ट्वीटमा नेपालको राष्ट्रपतिको नाम पढ्नुपर्ने अवस्था आउनु दुखद भएको बताए। उनले हाम्रो राजदूतले भारतको विदेशमन्त्रीसमेत भेट्न नपाउने तर त्यहाँका विदेश सचिवले हाम्रा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री समेत भेटन पाउने विषय सही नभएको पनि पटकपटक दोहोर्‍याए।

सांसद पन्तले भने, ‘आज दुःखको कुरा हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा विदेशमा भारतको एउटा जेएनयूका पूर्व प्रोफेसरले हाम्रा पूर्व राजदूतको नाम, हाम्रा पूर्व(सभामुखको नाम, पूर्वअर्थमन्त्री, मानवअधिकारवादी लगायतका ३(४ जनाको नाम यिनीहरू चाहिँ नेपालको राष्ट्रपति हुनका लागि उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छन्। कस्तो दिन आयो रु हाम्रो मन्त्रीस्तरको राजदुत हुनुहुन्थ्यो निलाम्बरजी।

​ उहाँलाई भारतको परराष्ट्रमन्त्रीसँग भेटनका लागि पटकपटक ताकेता गर्दाखेरी पनि मुस्किलले भेट हुन्थ्यो। तर राष्ट्रपतिको चुनाव अगाडि यहाँ भारतीय विदेश सचिव आउँछन्। र, उनी प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव, पूर्व प्रधानमन्त्री, राष्ट्रपति सबैलाई भेटाउँछौं। म परराष्ट्र मन्त्रालयलाई आग्रह गर्न चाहन्छु-यो राष्ट्रिय सम्मानको कुरा हो। हाम्रो विदेश सचिव जाँदा यही ढंगलेको भारतको ट्रिट पाउँछ रु पाउँदेन भने नेपालले यो दक्षिण एशीयाको आजसम्म कसैले गुलामी नबोकेको, आजसम्म स्वतन्त्र रहेको, कहिल्यै पनि पराधिन नभएको देश हो नेपाल। यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने। त्यो देशको विदेश सचिव आएपछि हाम्रो सारा अखबारका कटिङ हेरौं-लाजमर्दो लाग्छ। सारा पूर्वप्रधानमन्त्रीलाई भेटेको छ। सारालाई भेटेको छ। यस्तो किन हुन्छरु त्यसैले म यो विदेशीहरुसँगको भेटघाटलाई नेपाल सरकारको ध्यान एकदम तदारुकताका साथ यसतर्फ जाओस् भनेर आग्रह गर्दछु।’

सांसद पन्तले विदेशीसँगको भेटलाई औपचारिकता दिने भनेर सरकारले भने पनि सो अनुसारको काम गर्न नसकेको आरोपसमेत लगाए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved