जनकपुरधाममा मांस मदिरा बिक्री निषेध

  • फागुन १९, २०७९
  • कालापानी मिडिया
alt

धनुषा । यहि फागुन २२ र २३ गते धनुषामा मासु मदिरा बिक्री गर्न रोक लगाइएको छ । मिथिला माध्यमिकी परिक्रमा जनकपुरधाम आउने भएकाले सो दिनमा मासु र मदिरा बिक्री गर्न रोक लगाइएको हो । आगामी सोमबार र मंगलबार परिक्रमा जनकपुरधाम प्रवेश गर्ने भएकाले सो दिन विश्रामस्थलको एक किल्लो मिटर वरिपरि सम्म मांस मदिरा बिक्रीमा रोक लगाइएको जिल्ला प्रसाशन कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाममा प्रत्येक वर्ष परिक्रमालाई लक्षित गरी मांस मदिरा बिक्रीमा रोक लगाइने गरिन्छ । तर व्यापारीहरु लुकीछिपि बिक्री गर्ने गरेका छन् । परिक्रमा बिहीबार सत्तोषर विश्राम गरी शुक्रबार औरहीको लागि प्रस्थान गरेको छ ।

जनकपुरधाम आउने परिक्रमाको लागि सुरक्षा व्यवस्था लगायत तयारी सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved