विद्यार्थि संगठनको धाक धम्की र तालावन्दीका कारण निर्वाचन हुन सकेन

विद्यार्थिहरुको हकहित माग अन्यौलमा

  • चैत्र ५, २०७९
  • कालापानी मिडिया
alt

कञ्चनपुर । डिल्लीराज पन्त,
त्रिभुवन विश्वविद्यालय संग सम्वन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन भईरहदा कञ्चनपुरका अधिकांस क्याम्पसमा भने निर्वाचन हुन सकेन । क्याम्पसहरुमा विभिन्न विद्यार्थि संगठनले आ आप्ना माग राख्दै तालाबन्दी गरेपछि र निर्वाचनमा भाग नलिने भएपछि निर्वाचन तोकिएको मितिमा निर्वाचन हुन नसकेको हो ।
निर्वाचनको मुखैका आएर विद्यार्थि संगठनहरुले क्याम्पसहरुका एक पछि अर्कौ गर्दै तालावन्दी गरी निर्वाचनमा सहभागी नहुने भनेपछि त्रिभुवन विश्वविद्यालय अन्र्तगतका कञ्चनपुरका ९ वटा क्याम्पसहरुमा निर्वाचन स्थगित भएको छ ।
मनोानयन दर्ता गरे पछि आ आफ्ना मागहरु राख्दै विद्यार्थिहरुले निर्वाचन संयोजकलाई नै धाक धम्की दिएर निर्वाचन स्थगित गर्नुपर्ने र आफुहरुले लगाएको ताला नखोल्न दवाद दिएपछि निर्वाचन तालिका नै अन्यौलतामा परेको निर्वाचन समिति कञ्चनपुरका संयोजक नरेन्द्र बहादुर चन्दले बताए ।

कञ्चनपुरका १६ वटा क्याम्पसहरू मध्ये ६ वटा क्याम्पसहरूमा मात्र निर्वाचन भइरहेको छ । स्ववियु निर्वाचनको तयारी गरेका कञ्चनपुरका १६ क्याम्पस मध्ये विद्यार्थी सङ्गठनबिच विवाद हुँदा ९ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांस क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मतदान भएको छ ।

कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस बेलौरी, रामपुर क्याम्पस कलकत्ता बेलौरी, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया कृष्णपुर र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी मात्रै चुनाव भएको छ । दानेश्वरहरी बहुमुखी क्याम्पस जिमुवामा भने यसअघि नै निर्विरोध रूपमा स्ववियु समिति चयन भइसकेको छ ।
विद्यार्थिहरुको हक हित र जायज मागका लागी नेतृत्व गर्ने पदाधिकारीको निर्वाचन स्थगित भएपछि कञ्चनपुका विद्यार्थिहरु निरास वनेका छन भने विभिन्न पाटिै आवद्ध विद्यार्थि संगठनको हठका कारण आफुहरुको हक हितको संरक्षण गर्ने नेतृत्व नपाएको र निर्वाचन यथाशिर्घ चुनाव गराउन पहल थाल्नुपर्ने विद्यार्थिहरुले बताएका छन ।

सरकारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको ले निर्वाचनमा सरोकारवालाहरुको समेत ध्यान जानुपर्ने समेत विद्यार्थिहरुले बताएका छन

यता निर्वाचन भईरहेका क्याम्पसहरुमा भने विद्यार्थी उत्साहित भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । आज निर्वाचन भएका अधिकांश क्याम्पसहरूमा आइतबार साँझ नै मत गणना हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धनगढीबाट उडेको श्री ...

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरह ...

कथा वाचक शितल कृष्ण ...

काठमाडौं । भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति ...

भूमि वितरण र राजस्व ...

काठमाडौं । सरकार सस्तो लोकप्रियताकै लागि जग्गा बाँड्ने नै योजना ल्याउँछ र सार्वजनिक तथा सरकारी जमिनम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved