अविस्कार केन्द्रको नाममा चन्दा उठाइरहेको भन्ने हल्ला निराधार-महावीर पुन

  • चैत्र ५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय अविस्कार केन्द्रका सञ्चालक एवं अध्यक्ष महावीर पुनले आफूले अहिलेसम्म कसैलाई चन्दा अर्थात सहयोग नमागेको बताएका छन् । महावीर पुनले अविस्कार केन्द्रको नाममा चन्दा उठाउँदै हिँडेको भन्ने हल्ला चलेको भन्दै उनले ती हल्लाको खण्डन गरे ।
आदिवासी जनजाती महासंघ जापानले राष्ट्रिय अविस्कार केन्द्रका लागि जुटाएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘अहिलेसम्म मैले अविस्कार केन्द्रलाई सहयोग गर्नुस् भनेर कसैसँग चन्दा मागेको छैन । माग्नेवाला पनि छैन । तर, महावीर पुनले अविस्कार केन्द्रलाई माग्ने भाँडो बनाएको हल्ला चलाइँदोरहेछ ।’

आदिवासी जनजातीहरु नै अविस्कार केन्द्रको उपलब्धी हेर्न नचाहेको गुनासो गर्दै पुनले भने, ‘अरु त केही होइन, अविस्कार केन्द्रको उपलब्धी हामै्र आदिवासी समुदायले हेर्न सक्दैनन् । र, महावीर पुनले चन्दा उठाउँदै हिँडेका छन् भन्दारहेछन् । तर, अहिलेसम्म एक जनालाई सहयोग गर्नुस् भनेको छैन । र, अविस्कार केन्द्रले आगामी दिनमा पनि सहयोग माग्नेवाला छैन ।’ उनले अविस्कार केन्द्रका लागि देश विदेशबाट स्वतःस्र्फूत सहयोग जुटिरहेको पनि बताए ।
कार्यक्रममा नोपली गायनका मेगास्टार राजेशपायलले जापानको सांगीतिक टुरका क्रममा आफ्नो पारिश्रमिकबाट कटौती गरेर १ लाख ५० हजार रुपैयाँ अविस्कार केन्द्रलाई सहयोग हस्तान्तरण गरेका थिए । केही साताअघि मात्र आदिवासी जनजाती महासंघ जापानको निम्तोमा राजेशपायल राई र गायिका सविना योङहाङले जापानको विभिन्न सहरमा सांगीतिक कार्यक्रम गरेका थिए ।

जापानको उक्त कार्यक्रममा राजेशपायल राईले आफ्नो पारिश्रमिकबाट केही रकम कटौती गरेर महाविर पुनको राष्ट्रिय अविस्कार केन्द्रलाई सहयोग गर्न आग्रह गरेपछि उक्त रकम प्रदान गरेको हो ।

कार्यक्रममा राजेशपायलले भने, ‘महावीर पुनको गुनासोमा मेरो समर्थन छ किनकि, उहाँले अहिलेसम्म कसैलाई सहयोग माग्नुभएको मलाई थाहा छैन । मलाई पनि उहाँले सहयोग गर्नुस् भनेर गरेको होइन । उहाँले थाहै नपाइ आदिवासी जनजाती महासंघ जापानलाई मेरो पारिश्रमिकबाट केही रकम कटौटी गरेर अविस्कार केन्द्रलाई सहयोग गर्नुस् भनेको हो । आज त्यही सहयोग रकम हस्तान्तरण गरिएको हो ।’

राजेशपायलले अन्य कलाकार पारिश्रमिक भने कटौती नगरिएको बताए । ‘म सँगै सविना योङहाङ पनि गएको थियो । तर, उहाँ पारिश्रमिक कतौटी गरिएको छैन ।’

सोही अवसरमा महावीर पुनले अविस्कार केन्द्र धुर्मुस सुन्तली फाउण्डेशन जस्तो नभएको समेत बताए । उनले भने, ‘अविस्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेशन तुलना गर्नै मिल्दैन । उहाँको आफ्नो नाममा खोलिएको फाउण्डेशन हो । त्यो व्यक्तिगत हो । तर, अविस्कार केन्द्र राष्ट्रको हो । त्यसैले नै राष्ट्रिय अविस्कार केन्द्र भनिएको हो । नत्र महावीर पुन अविस्कार केन्द्र नाम राख्थे नि ।’

पुनले आफ्नो अविस्कार केन्द्रका लागि जतिपनि सहयोग आइरहेको छ, हिसाब किताब क्लियर रहेको समेत बताए । ‘मैले सहयोग मागेको छैन । तर, जो जसले सहयोग गरिरहेका छन् । सबै पारदर्शी छ, मैले दुई जना हिसाब किताव राख्ने एकाृन्टेन राखेको छु’ पुनले भने, ‘किनकि यो अविस्कार केन्द्र भनेकै राष्ट्रको हो, मेरो व्यक्तिगत होइन् ।’

धुर्मुस सुन्तली फाउण्डेनको चितवनमा क्रिकेट रंगशाला बनाउने प्रयास राम्रो भएको बताउँदै पुनले भने, ‘गर्न खोजेकै हो । तर, गर्दागर्दै फाउण्डेशन ब्याक भयो । कारण आफनो ठाउँमा होला । तर, सन्देश नराम्रो गएको छ । तर, धुर्मुस सुन्तली फाउण्डेश जस्तो राष्ट्रिय अविस्कार केन्द्र होइन । यो राज्यकै अविस्कार केन्द्र हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धनगढीबाट उडेको श्री ...

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरह ...

कथा वाचक शितल कृष्ण ...

काठमाडौं । भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति ...

भूमि वितरण र राजस्व ...

काठमाडौं । सरकार सस्तो लोकप्रियताकै लागि जग्गा बाँड्ने नै योजना ल्याउँछ र सार्वजनिक तथा सरकारी जमिनम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved