जानाजान देशलाई बर्बादीतिर नधकेलौँ, आन्तरिक सद्भाव संगै अन्तर्राष्ट्रिय सम्मान समेत गुमिसक्यो - राजा ज्ञानेन्द्र

नेताहरुले विगतमा भएको सहमति तोडेकै कारण देशमा बेतिथि निम्तियो

  • चैत्र ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले विभिन्न पक्षबाट भएका कमी कमजोरीले गर्दा देशले निकै दुःख पाएको बताउनु भएको छ । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै राजा शाहले पछिल्लो समय देशको आन्तरिक सद्भाव, एकता, महत्वपूर्ण संस्थाहरुको सवलता र अन्तर्राष्ट्रिय सम्मानमा समेत आँच पुगेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन्,’ ‘त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता , अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भीर आँच पुगेको छ।’

उहाँले नेताहरुले विगतमा भएको सहमति तोडेको र त्यो नै अहिलेको बेथिति, अविश्वास, द्वन्द्व र जटिलताको जड भएको टिप्पणी गर्नु भएको छ। राजा शाहले भन्नु भएको छ, ‘राजनीति र राज्य सञ्चालनको प्रकृयामा इमान्दारीताको ठूलो महत्व रहन्छ। राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ रहन्छ। मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयं अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन। आज उत्पन्न बेथिति, अविश्वास, द्वन्द्व र जटिलताको जड पनि त्यही नै हो।’

युवापिढीं अहिलेको शासकीय गतिविधिप्रति असन्तुष्ट रहेको राजा शाहको भनाइ छ। उहाँले युवाहरुमा विदोहभाव देखिन थालेको बताउनु भयो। यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा अर्थहीन आरोप थोपरेर नहुने भन्दै राजा शाहले देशलाई जानीजानी बर्बादीतिर नधकेल्न आग्रह समेत गर्नु भएको छ ।
राजा शाहको शुभकामना सन्देशको पूर्णपाठः

नेपाली दिदी बहिनी तथा दाजुभाइहरु

विक्रम सम्वत २०७९ लाई बिदाइ गर्दै अहिले हामी २०८० मा आइपुगेका छौँ। नयाँ वर्ष प्रारम्भको यो अवसरमा हिमाल, पहाड र तराई मधेसमा र देशबाहिर रहेका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइको जीवन व्यवहारमा सुख, शान्ति, सन्तुष्टि तथा प्रगतिको शुभकामना व्यक्त गर्दछौँ।

राजनीति र राज्य सञ्चालनको प्रकृयामा इमान्दारीताको ठूलो महत्व रहन्छ। राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ रहन्छ। मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयं अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन। आज उत्पन्न बेथिति, अविश्वास, द्वन्द्व र जटिलताको जड पनि त्यही नै हो। हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन्। त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता , अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भीर आँच पुगेको छ।

हम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित छैन। सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गयो भन्ने पनि आम जन गुनासो सुनिन्छ। उत्पादन, आर्जन एवं समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक हो।

युवापिढी, विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ। विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुको चरम विद्रोहभाव देखिन थालेको छ। यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन। त्यसैले अब कोरा नारा छाडौँ, सही प्रकारको राज्य पद्धतिका निम्ति सोचौँ, सबै खाले गल्ती सच्याउनेतिर लागौँ। देशलाई थाहा पाइपाइ बर्बादीतिर नधकेलौँ।

नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगतितर्फ लागौँ। सबैमा विगतको कमी कमजोरीप्रति क्षमाशील भावना जागोस्। नयाँ वर्ष २०८० शून्य परिणामको होइन दशकाब्दी प्रारम्भको फलदायी अवधी बन्न सकोस्, यही हाम्रो शुभेच्छा हो।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्
जय नेपाल

२०८० साल वैशाख १ गते

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved