नयाँ वर्षको आगमनसँगै रोजगारीको श्रृजना गर्न र उद्योग विकासमा ध्यान दिनु अहिलेको आवश्यकता : मन्त्री रिजाल

मन्त्री रमेश रिजालले सम्वत २०८० को आगमनसँगै विकास र समृद्धिको पाइला अगाडि बढाउन केन्द्रित रहने प्रतिबद्धता जनाउँदै नव वर्षको हार्दिक मंगलमय शुभकामना व

  • वैशाख १, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौ : उधोग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले सम्वत २०८० को आगमनसँगै विकास र समृद्धिको पाइला अगाडि बढाउन केन्द्रित रहने प्रतिबद्धता जनाउँदै नव वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

मन्त्री रिजालले सम्वत २०७९ मा संविधान र लोकतन्त्रको रक्षाका लागि जनताले दिएको अभिभारा र मतले लोकतान्त्रिक(वाम गठबन्धनको काँधमा मुलुकको जिम्मेवारी रहेको बताउनु भयो ।जनमतकै आधारमा बनेको लोकतान्त्रिक(वाम गठबन्धनले मुलुकको बृहत्तर विकास र जनजीबिकामा सफलता पाउनु पर्ने रहेको बताउदै जनताले दिएको जिम्मेवारी पूरा गर्ने दायित्व आफुहरुमा रहेको स्पष्ट पार्नु भएको छ ।

मन्त्री रिजालले शुभकामना सन्देशमा नयाँ वर्षको आगमनसँगै रोजगारीको अवसर श्रृजना गर्न र उद्योग विकासमा ध्यान दिनु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । नेपालमा समेत विश्वव्यापीरुपमा देखिएको आर्थिक संकटको असर परेको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै जनताको जीवन उकास्नका निमित्त आफु क्रियाशील रहेको स्पस्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved