भदौमा टुकोनको राष्ट्रिय सम्मेलन

  • वैशाख ११, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले आगामी भदौमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय समितिको बैठकले श्रमिकहरुको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आगामी बैशाख १८ गते वृहद् कार्यक्रमको आयोजना गरी ‘मे दिवस’ भव्य रुपमा मनाउन उपाध्यक्ष प्रवलनरसिंह राणाको संयोजकत्वमा जनपरिचालन समिति तथा कोषाध्यक्ष प्रदिप कार्कीको संयोजकत्वमा आर्थिक समिति गठन भएको टुकोनले जनाएको छ ।
२१ सौ सताब्दीमा पनि श्रमिक माथीको विभेद टुकोनलाई सैह्य नहुने निष्कर्षका साथ अधिकार प्राप्तीको लागि श्रमिकहरुलाई संगठित गर्दै आगामी असार मसान्तसम्ममा देशका ७७ वटै जिल्लामा जिल्ला स्तरीय कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उपाध्यक्ष प्रवलनरसिंह राणाले बताए ।
यस्तै ट्रेड युनियन महासंघ नेपाल ९टुकोन०का केन्द्रीय सदस्य दावा शेर्पाका बुबा छिरिङ शेर्पाको निधनप्रति शोक प्रस्ताव समेत बैठकले पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved