मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टी एकतामा अन्तिम टुंगो लाग्योः संयोजकमा वैद्य

  • पुस १७, २०२६
  • कालापानी मिडिया
alt

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीबीच एकताबारे अन्तिम टुंगो लागेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने नयाँ पार्टीको संयोजक वैद्य रहनेछन् ।

धर्मेन्द्र बास्तोलाका अनुसार एकीकृत पार्टीमा हाललाई १५ सदस्यीय कार्यलय सदस्य रहनेछन् भने कूल २६७ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिती बनाइएको छ ।

यसमा दुवै पार्टीका केन्द्रीय सदस्यहरु समेटिएका छन् । एक वर्षभित्र एकता महाधिवेशन गर्ने निर्णय भएको बास्तोलाले जानकारी दिए ।

एकताका लागि अन्तरिम विधान पास गरिएको छ भने पार्टीको दस्तावेज पनि पारित भएको छ। पार्टी एकताको घोषणा वैशाख १८ गते मजदुर दिवसका दिन गरिने बास्तोलाको भनाई छ ।

२०६९ सालमा प्रचण्ड नेतृत्वको नेकपा एकीकृत माओवादी पार्टीबाट अलग भई नेकपा– माओवादी गठन भएको थियो । वैद्य प्रचण्डबाट अलग भएको तीन वर्षमै विप्लवले आफ्नो नेतृत्वमा नेकपा गठन गरेका थिए । विप्लव नेतृत्वको पार्टीबाट बास्तोला नेतृत्वको टिम विभाजन भई आफ्नो नेतृत्वमा नेकपा बहुमत गठन गरेका हुन् । प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भएको ११ वर्षपछि वैद्य र बास्तोला एउटै पार्टीमा हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved