काठमाडौंः प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०४८ सालयताका सबै भ्रष्टहरूलाई कारबाही गर्ने बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घले सोमवार काठमडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले छिट्टै आयोग गठन गरी भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिहाल्ने पनि बताए ।
अहिले सबैभन्दा बढी भ्रष्टहरू नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई छानबिन गर्नका लागि तत्काल पहलकदमी लिने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved