काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार बैठक वैशाख २४ गते आइतबार अपराह्न ४ बजेका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको हो ।
नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved