कञ्चनपुर व्युराे, बेदकोट नगरपालिका वडा नम्बर 9 सुन्दरपुर मा मापदण्ड बिपरित सडक पिच गर्ने कार्य हुदै गईरहेकाे छ । सिचाईका लागि बनाईका नहरहरू लाई मिच्दै ठेक्का पाएकाे कुमार/अमृत/भागेश्वर जे.भि कम्पनीले धमाधम बाटाे निर्माण गरिरहेकाे छ । महाकाली सिचाइ व्यवस्थापन विभागका प्रमुख तारा प्रशाद भट्टका अनुसार हामीले त्यो सडक नियम बिपरित छ भन्दा निर्माण कम्पनीले अटेरी गरेको र आफुले सो बिषय प्रदेश सरकारको पूर्वाधार बिकाश सचिव संग पनि राखेको र त्यसले पनि प्रभावकारी कदम नउठाएको र जसले भविष्यमा सिचाइ नहर खतरामा पर्ने निश्चित छ यसै गरि सिचाई अन्तर्गतको ब्लक डी का अध्यक्ष आन सिंह बिष्टले पनि आफुहरुको सुझाव सल्लाह बिपरित मनमानि ढंगले मापदण्ड नपुर्याई कार्य गरेकाले आफ्नो यसमा बिमती रहेको र आफुले सोहि बिषयमा स्थानिय सरकारलाई पनि खबर गरेको र स्थानिय सरकारले कुनै एक्सन नलिएको उनले गुनासो पोखे । हामी खेती किशानी गर्ने मान्छे कृषिमा निर्भर भएर हाम्राे जिविका चल्छ, विकासका नाममा सिचाइकाे बाटाे अवरुद्ध गरेरे हामीलाई भाेक भाेकै मार्ने काम स्थानिय सरकारबाट भईरहेकाे छ, स्थानीयवासी हरूले गुनासाे गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved