श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकारकाे जेठ ६ मा आयाेजना हुने भनिएको नागरिक अभिनन्दन कार्यक्रम विविध कारणले जेठ ८ सम्मका लागि सारिएको छ । नागरिक अभिनन्दन मुल समारोह समितिका संयाेजक जयन्त चंन्द का अनुसार पुर्व निर्धारित कार्यक्रम अनुसारनै हामीले व्यवस्थापन गरेका थियाै तर नागरिक उन्मुक्ति पार्टीले आव्हान गरेकाे बन्दका कारण हामीले जेठ ८ गते सारेका छाै र तयारी पनि लगभग लगभग सकिसकेका छाै । जेष्ठ ६ गते धनगढीमा दिउसाे ३ बजे रंगसाला मैदानमा हुने श्री ५ काे सरकारकाे अभिनन्दन कार्यक्रममा सहभागी हुन ईच्छुकहरू का लागि विभिन्न स्थान बाट सवारीसाधनकाे व्यवस्थापन गरिएकाे जानकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका कञ्चनपुर जिल्ला सचिव शिशिर थापा ज्युले दिनु भयाे । हामीले १९ वटै वडा बाट राप्रपाका वडा सभापतिहरूको राेहवरमा सम्पुर्ण राष्ट्रभक्त आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरू लाई श्री ५ सरकारकाे नागरिक अभिनन्दन कार्यक्रममा सहभागी गराउनका निमित्त हामीले व्यवस्थापन गराएका छाै ।