संसद बैठकमा लफडा, एमाले सांसदको अभिब्यक्तिलाई लिएर कांग्रेस र माओवादी आक्रोशित

  • जेठ ७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सांसद दयालबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवसर छोप्ने नेतृत्व गरेको भन्ने अभिव्यक्ति दिएपछि संसदमा लफडा भएको छ ।

उनले भने, ‘सत्ताको लागि कांग्रेस यति तल गिर्यो । जुन पार्टीका गुरुहरु कृष्णप्रसादले विवाह गर्नुभएन । अर्काकी छोरी ल्याएर दुःख पाउँछन् भनेर विवाह गर्नुभएन । विपीको जीवन जेलमै गयो । तर, सातवटा मन्त्रीका लागि कांग्रेसका नेताहरुले गहतको झोलमा हाम फाल्नुभयो ।’

प्रचण्डपथ हटाएर अहिले कम्फर्टेबल सिद्धान्तको साथ अघि बढेको आरोप लगाए। सीमा वारको जनताभन्दा दशगजा पारिका प्रभु प्रमेश्वरप्रति कम्फटेबल बनेको अभिव्यक्ति दिए ।

उनको अभिव्यक्तिप्रति कांग्रेसकी सांसद इश्वरी न्यौपानेले संसदमा बोल्दै गर्दा मर्यादित भाषामा बोल्नुपर्ने बताइन् । उनले भनिन्, ‘संसदमा बोल्ने कुरा सभामुखमार्फत् भन्नुपर्छ तर व्यक्ति व्यक्तिपिच्छे भनिराख्नुभएको छ ।’

उनको भनाइपछि सांसद शाहीले आफूले आदार गर्ने व्यक्तिको नाम लिएको भन्दै अपमान नगरेको प्रष्ट्याए । तर, सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाइसकेपछि त्यस्ता अभिव्यक्ति रेकडबाट हटाउँन उपसभापति इन्दिराराणा मगरले निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved