राजा वीरेन्द्रले ल्याएको नीति तथा कार्यक्रम अहिलेको भन्दा बेश थियो: गगन थापा

  • जेठ १०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारको नीति तथा कार्यक्रम लामो भएको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रम लामो भएको र ल्याउने तरिका पनि ठीक नभएको उनले बताए ।

बुधवार प्रतिनिधिसभामा विशेष समयमा आफ्नो धारणा राख्दै गगनले भने, ’यो नीति तथा कार्यक्रम १८८ बुँदे छ।’ नीति तथा कार्यक्रममा सबै थोक भए पनि काम भने नहुने गरेको उनको भनाई छ । तत्कालीन राजा वीरेन्द्रले ल्याएको नीति तथा कार्यक्रम अहिलेको भन्दा बेश भएकोसमेत गगनको भनाई थियो।

’यो केका लागि ल्याएको भनेर छलफल नहुँदा हामी अलमलिन्छौ। बेलायतमा किङ्स स्पिच भन्ने हुन्छ । १० मिनेटमा सकिन्छ वाचन,’ थापाले भने, ’हाम्रोमा पनि त्यही २०४८ सालमा राजा वीरेन्द्रले वाचन गर्दा त्यस्तै थोरै थियो जम्मा २४ बुँदा थियो । मुलत नीतिको कुरा थियो ।’

अब आउने नीति तथा कार्यक्रम छोटो हुनुपर्ने उनको भनाई थियो। ’यो पाँच पेजको होस्। ल्याउने तरिका नयाँ होस्,’ थापाले भने । यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम करिब पौने २ घण्टा वाचन गरेका थिए ।

संसदमा धेरै कुरा घुमाइफिराइ आइरहेको उल्लेख गर्दै थापाले ’म्यान्डेट’बारे कुनै विषय स्पष्ट नभएको बताए । ’नयाँ सरकार आउँछ। भाषण सुन्दै गर्दा प्रधानमन्त्रीलाई सबै कुरा थाह पाएजस्तो हुन्छ । तर यो बयानबाजीमात्र हुन्छ । प्रधानमन्त्री मन्त्रीले निर्देशन दिन्छ,’ निर्देशन र घोषणापत्र पत्रिकामा आउँछ । त्यही कुरा हामीले संसदमा उठाउँछौ।’


’प्रधानमन्त्री कार्यालयमा सचिवहरु हुन्छन्। जो ठिक ठाउँमा मेरो सरुवा भएन भनेर कुरिरहेका हुन्छन्। त्यो सचिवहरुको सानो समूह बनाइन्छ। त्यही सानो समूहले कम्पाइल गरेको फाइललाई नीति कार्यक्रम भनिन्छ। हामीले यस्तै गर्दै आइरहेका छौ,’ उनले भने। यसबारे अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अर्थमन्त्री डा प्रकाशशरण महतलाई यसबारे सुझावसमेत बुझाएको उनले बताए ।

’विश्वप्रकाश शर्मा र मैले उहाँकै कार्यालयमा हाम्रो सन्दर्भमा तालिका कस्तो हुनुपर्छ भनेर बुझाएका छौ,’ थापाले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved