समयमा नै रासायनिक मल दिन माग गर्दै नेमकिपाको बिरोध

  • जेठ १२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघले किसानलाई समयमा नै रासायनिक मल दिन माग गर्दै बिरोध प्रदर्शन गरेको छ ।

शुक्रवार संगठनले काठमाडौंको रत्नपार्कमा किसानलाई समयमा नै रासायनिक मल दिन माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले किसानलाई उपलब्ध हुने सरकारी अनुदान रक्म युरिया मलमा प्रतिकेजी ८० रुपैयाँलाई ६४ रुपैयाँमा घटाएको, डिएपी मलमा प्रतिकेजी ५९ रुपैयाँलाई ५२ रुपैयाँमा घटाएको, पोटासमा ५८ रुपैयाँलाई ४६ रुपैयाँमा घटाएको भन्दै बिरोध जनाएका छन् । रासायनिक मलमा गरिएको मूल्यवृद्धि र अनुदान कटौतिको बिरोधमा देशभरका किसानहरुले संघर्ष गरेपछि वर्तमान सरकार यथास्थितिमा राख्न बाध्य भएको भन्दै समयमा सुपथ मूल्यमा मल उपलब्ध गराउन नसक्ने नेपाली काँग्रेसको समर्थन प्राप्त सरकारलाई सिंहदरबार कम्जा गरेर बस्ने अधिकार नरहेको बताएको छ ।

उनीहरुले निजी बैंक र श्रोत नखुलेको सम्पती राष्ट्रियकरण गर्नुपर्ने, नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई हदैसम्मको कारबाही गर्नुपर्ने लगायतका माग राखेर बिरोध जनएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved